अमेरिकन आइडलको टप १० मा छानिए नेपालका दिवेश पोख्रेल

प्रकाशित मिति : २२ बैशाख २०७७, सोमबार  ३ : ४२


काठमाडौँ । नेपाली युवा दिवेश पोख्रेल (आर्थर गन) अमेरिकन आइडलको टप १० मा छानिएका छन् । जारी रहेको अमेरिकन आइडलको सो मा उनी टप टेनमा पर्न सफल भएको घोषणा जजहरुले गरेका थिए।

जोन डेनभरको चर्चित गीत ‘कन्ट्री रोड’ गाउँदै उनले टप १० मा आफ्नो स्थान सुरक्षित गरेका हुन्। अमेरिकन आइडलको अडिसनबाटै उनले दमदार प्रस्तुती दिदै आएका छन्। उनको प्रस्तुतीमा जजले सधै तारिफ गरिरहेका छन्। 

उनको विजयमा खुसी हुँदै नेपालका लागि पूर्व अमेरिकी राजदूत स्कट डेलिसीले एक फेसबुक स्ट्याटस लेख्दै दिवेशले नेपाली डायस्पोरालाई गर्व गर्ने बनाएको उल्लेख गरेका छन्। 

टप १० मा छनोट भएपछि दिवेशले आफ्ना समर्थकहरुलाई धन्यवाद दिएका छन् । उनले फेसबुकमा स्टाटस लेख्दै संसारभरबाट आफूलाई ठूलो माया र हौसला प्राप्त भइरहेको उल्लेख गरेका छन् ।
 


प्रतिक्रिया दिनुहोस्