ब्राजिलमा कोरोना संक्रमितको संख्या १ लाख नाघ्यो

प्रकाशित मिति : २२ बैशाख २०७७, सोमबार  २ : ४३


काठमाडौँ । ब्राजिलमा कोरोना संक्रमितको संख्या एक लाख नाघेको छ। पछिल्लो २४ घण्टामा मात्रै ब्राजिलमा २६ जनाको मृत्यु भएको छ भने ६ सय ७९ जना नयाँ संक्रमित थपिएका छन्। 

यो सँगै ब्राजिलमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ७ हजार ५१ पुगेको छ भने १ लाख १ हजार ८२६ जना संक्रमित भएका छन्। जसमध्ये ४२ हजार ९ सय ९१ जनाको उपचार सफल भएको छ भने ५१ हजार ७ सय ८४ जना एक्टिभ केसको उपचार भइरहेको छ। 

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको महामारी विश्वका २१२ देशमा फैलिएको छ। कोरोना महामारीबाट अहिलेसम्म विश्वभर २ लाख ४८ हजार २८२ जनाको मृत्यु भएको छ भने ३५ लाख ६६ हजार ४ जना संक्रमित भएका छन्। 


प्रतिक्रिया दिनुहोस्