एजेन्सी । पति पत्नी एकै सिक्काका दुई पाटा हुन्। यी दुईबीच सामांजस्य हुन आवश्यक छ। यदी पति पत्नीमा सहमती भएन भने गृहस्थी जीवन बिग्रिन सक्छ। यसको असर पति पत्नीको भविष्यमा र बाल बच्चाको भविष्यमा पर्ने गर्दछ। यदी पति पत्नी दुबै कामकाजी छन् भने पत्नीको चाहना हुन्छ की आफूलाई पनि घर परिवारमा सम्मान मिलोस्, जबकी पतिको विचार यस भन्दा फरक हुने गर्दछ। पति पत्नीबीच विवाद हुनु अन्य कारण पनि हुने गर्दछन्। यदी तपाईको पनि यही समस्या छ भने यी ३ कुरामा ध्यान दिनुहोस्।
१) एक अर्काको भावना बुझनुहोस्
पति पत्नीको सम्बन्ध प्रेम र विश्वासमा टिकेको हुन्छ। त्यसैले यो आवश्यक छ की दुबैले एक अर्काको भावनाको कदर गर्नु पर्दछ। यदी कारणबस पत्नीले पतिको इच्छा पुरा गर्न सकेकी छैनन् भने उनलाई दबाब दिनुको साटो मायाले सम्भाउनुहोस्।
२) एकअर्काको सम्मान
प्राय देखिदै आएको छ की पति पत्नीको उचित सम्मान दिदैनन् भने पछिल्लो समय त पत्नीले पनि पतिलाई सम्मान गर्दैनन्। हरेक कुरामा रिसाउने, अपशब्द बोल्ने वा हात उठाने जस्ता कुराले सम्बन्ध धेरै टिक्न सक्दैन्। त्यसैले प्रेममय र सुखमय वैवहिक जीवनका लागि एकअर्काको सम्मान गर्न आवश्यक छ।
३) एक अर्काका लागि समय निकाल्नु
पछिल्लो समय पति पत्नी नै कामकाजी हुने भएकाले एकअर्कालाई समय दिन त्यही पाइदैन्। अफिसको काम, परिवार, बच्चालाई सम्हाल्दा सम्हाल्दा महिलाले पतिलाई उचित समय दिन सक्दैनन्। यसो गर्दा एकअर्काबीच दूरी बढ्न थाल्दछ। त्यसैले व्यस्तताका बावजूत पनि एकअर्काका लागि केही समय निकाल्नु पर्दछ। यसो गर्दा जीवन सुखी र आनन्दमय हुने गर्दछ।