कुवेतमा थप ९ नेपालीमा कोरोना सङ्क्रमण पुष्टि

प्रकाशित मिति : २२ बैशाख २०७७, सोमबार  १ : ०९


काठमाडौँ । कुवेतमा थप ९ जना नेपालीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सँगै कुवेतमा कोरोना सङ्क्रमित नेपालीको सङ्ख्या ८४ जना पुगेको कुवेतमा रहेको नेपाली दूतावासले जनाएको छ। 

यसअघि कुवेतमा ७५ जना नेपालीमा सङ्क्रमण देखिएको थियो। थप ९ जना नेपालीमा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ८४ पुगेको हो।

सङ्क्रमित सबैको कुवेत सरकारले आफ्ना नागरिक सरह नै उपचार गरिरहेको दूतावासले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस्