काठमाडौं । रामायण विश्वमै सबैभन्दा धेरै हेरिएको टेलिभिजन शो बन्न सफल भएको छ।
कोरोना विरुद्ध जारी लकडाउनको समयमा रामायणले विश्वमा अहिलेसम्म धेरै हेरिएको टेलिभिजन सो गेम अफ थ्रोनलाई उछिनेको हो।
दुरदर्शनले लकडाउनको समयमा लक्षित गर्दै चर्चित शो 'रामायण'लाई मार्च २८ देखि पुनः प्रशारण गरेको थियो।
अप्रिल १५ सम्ममा ७ करोड ६० लाखले रामायण हेरेका छन्। यति धेरै हेरिएको यो शो विश्वका कुनै पनि शो भन्दा धेरै हो।
कार्यक्रमको नयाँ रेटिङ गर्दा रामायणले हलिउडको चर्चित शो 'गेम अफ थ्रोन'को रेकर्डलाई भत्काएको हो।
रामायण’ मा राम र सीताको भूमिकामा क्रमशः अरुण गोभिल र दीपिका चिखाइला छन्। रामानन्द सागरको लेखन र निर्देशनमा रामायण पहिलोपल्ट सन् १९८७ को जनवरी २५ देखि १९८८ जुलाई ३१ सम्म प्रसारण भएको थियो। ७८ भाग रहेको यो टेलि शृंखला वाल्मीकि रामायण र तुलसीदासको रामचरितमानसमा आधारित छ।
रामायणमा मुख्य भूमिका खेलेका अरुण गोभिल, दीपिका चिखाइला, सुनील लाहिरी, दारा सिंह लगायको सबै कलाकारहरूको हाल प्रशंसा भइरहेको छ।
उक्त शो मा रामको भूमिका खेलेका अरुण गोभिलले केहि दिन अघि आफूलाई अहिलेसम्म कुनै पुरस्कार नदिइएको भनेर गुनासो समेत पोखेका थिए।
#Ramayan is world’s most watched show now, breaks all records with 7.7 crore viewership #Ramayana #RamanandSagar #Doordarshan https://t.co/B9CJcQau1j
— HT Entertainment (@htshowbiz) May 1, 2020