भारतमा कोरोना संक्रमितको संख्या ४० हजार नाघ्यो

प्रकाशित मिति : २१ बैशाख २०७७, आइतबार  २ : २५


नयाँ दिल्ली । भारतमा कोरोना भाइरस संक्रमणको संख्या ४० हजार नाघेको छ।

भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयको तथ्यांकका अनुसार कोरोना संक्रमितको संख्या देशभर ४० हजार २६३ पुगेको छ।

अहिलेसम्म उक्त महामारीबाट १३ सय ६ जनाको ज्यान गएको छ।

गत २४ घण्टामा देशभर २४ सय ८७ नयाँ कोरोना संक्रमित थपिएका हुन। एकदिनमै ८३ जनाको ज्यान गएको छ।

हालसम्म, १० हजार बढि मानिस उपचारपछि निको भएर घर फर्केका छन्।
 


प्रतिक्रिया दिनुहोस्