काठमाडौ । बढुवा भएका नेपाली सेनाका उपरथी प्रभुराम शर्मालाई रथिको दर्ज्यानी चिन्ह प्रदान गरिएको छ।
प्रधानसेनापति पूर्णचन्द्र थापाले आइतबार सैनिक मुख्यालयमा दर्ज्यानी चिन्ह प्रदान गरेका हुन।
मन्त्रिपरिषद्को १४ वैशाखको बैठकले भावी प्रधानसेनापतिको रोलक्रममा रहेका शर्माको बढुवा गरेको थियो।
प्रधानसेनापति पूर्णचन्द्र थापाले सैनिक ऐन अनुसार बरियतामा अगाडि रहेका शर्मालाई रथीमा बढुवाको सिफारिस सदर गरेका हुन् ।
सेनाका दुई रथीमध्ये बलाध्यक्षरथी गौरव ताण्डुल उमेर हदले १९ वैशाखमा अनिवार्य अवकाश पाउँदैछन्। सोही रिक्त स्थानमा शर्माको बढुवा गरिएको हो।
सेनाको सम्भाररथी विभाग प्रमुख रहेका शर्मा कोभिड–१९ विरुद्धको कारबाहीमा सेनाको नेतृत्व गरिरहेका कमाण्डर हुन्।
प्रधानसेनापति थापाले अनिवार्य अवकाश पाएपछि रोलक्रम अनुसार वरिष्ठ रथीले प्रधानसेनापतिको जिम्मेवारी सम्हाल्ने छन्। तर यसका लागि सरकारको सहमति आवश्यक हुनेछ।
प्रधानमसेनापति थापाले आजै अन्य २ सैनिक अधिकारीलाई पनि दर्ज्यानी चिन्ह प्रदान गरेका छन्।