उपचारपछि निको भएकाहरुमा फेरि किन देखिदैछ कोरोना ?

प्रकाशित मिति : २१ बैशाख २०७७, आइतबार  १२ : ४०


काठमाडौं । अहिले कोरोनाबाट संक्रमित बनेकाहरु मध्ये विश्वभर १० लाख बढि मानिस उपचारपछि घर फर्केका छन्।

उनीहरु निको भएर घर फर्केपनि केहीमा घर जाँदा कोरोना फेरि पाजेटिभ देखिने गरेको पाइएको छ।

नेपालमा पनि यस्तै किसिमका घटना देखिन थालेका छन्।

कोरोना पोजेटिभ भएकाहरुमा उपचारको क्रममा प्रतिरक्षा शक्तिको विकासले भाइरसलाई परास्त गरेपछि रिपोर्ट नेगेटिभ आउँने गरेको छ।

मानिस भित्र रहेको रोगप्रतिरोधात्मक क्षमताले भाइरससँग लड्दा जित भएपछि मानिस निको भएको मानिने गरेको छ।

र बिरामीलाई डिस्चार्ज गरिने गरिएको छ। तर, घर फर्केपछि फेरि पनि बिरामीमा किन संक्रमणको आशंका गरिन्छ?

यो अहिले धेरैलाई चासोको बिषय बनेको छ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार बिरामी निको भएपश्चात देखिने संक्रमण यसअघिकै भाइरसको सूक्ष्म अस्तित्व हो।

ब्लुएचओकी टेक्नीकल लीड मारिया वैनका अनुसार निको भइसकेपछि पुनः परिक्षण गर्नेक्रममा कोरोना पोजेटिभ भेटिनु भनेको यसअघिकै कोरोनाका मृत कोशिकाहरु अझै अस्तित्वमा छन् भन्ने हो।बिरामीमा फेरि कोरोना संक्रमण भएको भने होइन्।

तर,वैज्ञानिकहरु संकम्रणपछि निको भएका मानिसको प्रतिरक्षा प्रणाली कुन हदसम्म बलियो हुन्छ भन्नेबारे अझै अनुसन्धानमा रहेको उनले बताइन्।

कोरोनाको उत्पत्ति प्राकृतिक रुपमा चमेराबाटनै भएको उनले बताइन्। तर, चमेराबाट कुन जिव भएर मानिसमा कोरोना आयो भन्नेबारे अहिलेसम्म पत्ता नलागेको उनले बताइन्।-एजेन्सी


प्रतिक्रिया दिनुहोस्