थप एक जनामा कोरोना संक्रमणको पुस्टि

प्रकाशित मिति : २१ बैशाख २०७७, आइतबार  १० : ०३


काठमाडौं। आइतबार नेपालमा थप एक जनामा कोरोना भाइरस संक्रमण भेटिएको छ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ छपकैयाका ३६ वर्षीय पुरुषमा कोरोना संक्रमण फेला परेको नारायणी अस्पतालले जनाएको छ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ६० पुगेको छ।

उनको शुक्रबार स्वाब संकलन गरिएको थियो। शंका लागेपछि पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ पाइएको छ।

कोरोना भेटिएका ती पुरुषलाई नारायणी उपक्षेत्रीय अस्पतालको आइसोलेसनमा राखेर उपचार थालिएको छ।

नेपालमा कोरोना भेटिएका मध्ये अहिलेसम्म १६ जना अस्पतालबाट निको भएर घर फर्केका छन्।

रौतहटमा भने निको भएपछि डिस्चार्ज गरिएका एक युवक फेरि अस्पताल भर्ना भएका छन्।

मुलुकमा हालसम्म कर्णाली प्रदेश बाहेक सबै प्रदेशमा कोरोना फैलिएको पुस्टि भएको छ।


प्रतिक्रिया दिनुहोस्