ऋषि कपुर कति सम्पत्ति छाडेर रित्तो हात बिदा भए ?

प्रकाशित मिति : २१ बैशाख २०७७, आइतबार  ८ : ४७


मुम्बई । दिग्गज अभिनेता ऋषि कपुरको निधनका कारण भारतीय फिल्म क्षेत्रमा ठूलो झट्का लागेको छ।

अभिनेता कपुरको असमायिक निधनले कपुर परिवार शोकमग्न छ।

श्रीमती नीतु कपुर, छोरा रणवीर कपुर, छोरी रिद्धिमाका लागि बलिउडकर्मीहरुले शोक व्यक्त गरिरहेका छन्।

बाल कलाकार देखिनै आफ्नो करिअर सुरु गरेका अभिनेता कपुरले थुप्रै सुपरहिट फिल्महरूमा काम गरे। 

१०० बढी फिल्महरूमा गरिसकेका ऋषि कपुर एक समयमा सबैभन्दा धेरै तलब थाप्ने कलाकार थिए।

अभिनेता कपुरले परिवारका लागि कति सम्पत्ति छाडेर गए होलान् भन्नेबारे चर्चा हुन थालेको छ।

भारतीय सञ्चार माध्यमका अनुसार अभिनेता कपुर ३ सय करोड (भारु) सम्पत्तिका मालिक थिए।

पारिवारिक पृष्ठभूमीनै धनी रहेका कपुरलाई सम्पत्तिको अभाव कहिल्यै भएन। अब उनको सम्पत्तिको हकदार रणवीर कपुर र परिवार बन्ने छ।

ऋषिको मुम्बईको पाली हिलमा एउटा भव्य महल छ। १ एक्कड क्षेत्रफलमा निर्मित उक्त घरको नाम 'कृष्णराज' राखिएको छ।

उक्त घरमा स्विमिङ पुल, थिएटर सिस्टम लगायतका विलासी सुविधाहरू छन्। अभिनेता कपुर गाडीका निकै सौखिन थिए।

उनको घरमा रोयल एसयूवी, बिएमडब्लु लगायतका अन्य सवारी साधनहरू छन्। जसको मूल्य करोडौँ पर्छ।

रिपोर्टका अनुसार ऋषिको वार्षिक आम्दानी २० करोड रुपैयाँ थियो। फिल्ममा अभिनय गर्ने बाहेक उनी निर्माता र निर्देशक पनि थिए। 

विभिन्न व्यवसायमा पनि संलग्न रहेका उनले विज्ञापनको ब्रान्डबाट पनि धेरै पैसा कमाए।

अभिनेता कपुरका ९२ फिल्म मध्ये ३६ फिल्म निकै हिट बन । सन् १९७३ देखि २००० को बीमा उनले करिब ९२ वटा फिल्ममा काम गरेका थिए।

जसमा धेरै फिल्म निकै सफल भए। आफ्ना बुबासँगै  ''मेरा नाम जोकर'' नामक फिल्मबाट अभिनयको करिअर सुरु गरेका उनको पहिलो मुख्य भूमिका रहेको फिल्म 'बबी' थियो।

'बबी'को सफलतासँगै उनी फिल्म क्षेत्रमा उदाएका थिए। अभिनेता कपुरको नाममा १ सय २३ चलचित्र कायम छन्। 

छोराको विवाह हेर्ने चाहना अधुरै

अभिनेता ऋषि कपुर मृत्युअघि आफ्ना छोरा रणबीरको विवाह भएको हेर्न चाहन्थे। यो कुरा उनले टेलिभिजन अन्तरवार्तामा बताएका थिए। तर, असमायिक निधनका कारण छोराको विवाह हेर्ने उनको इच्छा पुरा हुन सकेन।

ऋषि कपुर आफू स्वयंमले २७ बर्षको उमेरमा विवाह गरेका थिए। उनका छोरा रणबीरको उमेर अहिले २८ बर्ष भयो। रणवीर र अभिनेत्री आलिया भट्टबीच प्रेमसम्बन्ध रहेको कुरा बाहिरिएको छ।तर, विवाह कहिले हुने भन्ने कुरा अझै तय भएको छैन। अभिनेता ऋषि कपुरको अन्तिम विदाईमा आलिया रणवीरसँगै थिइन्।

यो पनि पढ्नुहोस

खाली हात बिदा भएका इरफानले परिवारका लागि कति सम्पति छाडेर गए?

रणबीरले फोटो सेयर गर्दै सम्झे बुबा ऋषि कपुरलाई, आलिया बनिन् भाइरल
 


प्रतिक्रिया दिनुहोस्