कोरोना विरुद्ध लडिरहेका स्वास्थ्यकर्मीको सम्मानमा भारतले आकाशबाट गर्यो पुष्प वर्षा

प्रकाशित मिति : २१ बैशाख २०७७, आइतबार  ७ : २४


नयाँ दिल्ली । भारतले कोरोना विरुद्ध खटिएका स्वास्थ्यकमीृमाथि आकाशबाट फुलहरु बर्साएर सम्मान व्यक्त गरेको छ।

भारतीय वायुसेनाका जेट विमानहरुले आइतबार अस्पताल तथा राष्ट्रिय महत्त्वका संस्थाहरूमा कोरोना संक्रमण विरूद्ध लडिरहेकाहरुमाथि फुलहरु बर्साएका हुन। 

वायुसेनाका विमानहरू धेरै जसो जिल्लाहरुका अस्पतालहरूमा उडान भएका छन् र सेनाले ब्याण्ड पनि बजाएका थिए।

कोरोना भाइरस बिरूद्ध लड्ने व्यक्तिहरुको सम्मानमा यस्तो गरिएको भारतले जनाएको छ।

नौसेनाका जहाजहरू पनि बेलुका कोरोना विरुद्ध लड्ने योद्धाको सम्मानमा प्रस्थान गर्नेछन्।


प्रतिक्रिया दिनुहोस्