किमको शरीरमा देखियो रहस्यमय चिन्ह, डाक्टरले गरे यस्तो दाबी

प्रकाशित मिति : २१ बैशाख २०७७, आइतबार  ६ : २०


काठमाडौँ । उत्तर कोरियाली शासक किम जोङ उन झण्डै २० दिनपछि देखिएका छन्।  

उनको स्वास्थ्यका विषयमा विभिन्न प्रकारका अडकलबाजी चलिरहेको बेला उनी सार्वजनिक स्थलमा देखा परेको उत्तर कोरियाली सरकारी मिडियाले जानकारी दिएका छन्।  केसीएनए समाचार एजेन्सीको रिपोर्टको अनुसार किम जोङ उनले मल बनाउने एक कारखानाको रिबन काटेर उद्घाटन गरे। सरकारी मिडियाका अनुसार जब उनी अगाडि आए, त्यहाँ उपस्थित मानिसहरुले तालीको गडगडाहटले उनको स्वागत गरे। 

केसीएनए न्यूजका अनुसार किम जोङ उन आफ्नी बहिनी किम यो जो र थुप्रै विशिष्ट अधिकारीसँग थिए। अहिले सार्वजनिक रुपमा देखिएका किमका तस्वीरमा उनको शरीरमा रहस्यमय चिन्ह देखिएको छ।

एनके न्यूजले मेडिकल विशेषज्ञको हवाला दिँदै आफ्नो रिपोर्टमा गरेको दाबी अनुसार किमको शरीरमा देखिएको यो चिन्ह उनले मुटुको शल्यक्रिया गराउँदाको चिन्ह हुन सक्ने बताएको छ। एनके न्यूजका अनुसार किम जोङ उनको हातमा ‘निडल’ को चिन्ह देखिएको छ जो कार्डियोभास्कुलर प्रोसिजरको क्रममा बनेको हुन सक्छ। किम गायब रहेका बेला अमेरिकी मिडिया सिएनएनले आफ्नो रिपोर्टमा अमेरिकी अधिकारीहरुले किमको मुटुको शल्यक्रियासँग सम्बन्धित रिपोर्टमा नजर राखिरहेको बताएको थियो।

१ मेमा खिचिएको भनिउका उनका तस्वीरमा उनको हातमा रहस्यमय चिन्ह देखिएको छ। डेलीमेलका अनुसार पहिले यो चिन्ह थिएन। किमका यी फोटोहरु उत्तर कोरियाको सरकारी समाचार एजेन्सी केसीएनले जारी गरेको हो । उत्तर कोरियामा प्रेस स्वतन्त्रता नभएकोले स्वतन्त्र एजेन्सीले यी फोटोहरुको सत्यता प्रमाणित गर्न सकेका छैनन्।


प्रतिक्रिया दिनुहोस्