कश्मीरमा दोहोरो भिडन्त, दुई उच्च सैनिक अधिकारीसहित पाँच जनाको मृत्यु

प्रकाशित मिति : २१ बैशाख २०७७, आइतबार  ४ : ४७


कश्मीर । भारतकाे प्रसारित क्षेत्र उत्तरी कश्मीर हन्दवारामा सैनिक र आतंककारीबीच भिडन्त भएकाे छ। शनिबार साँझ भएको भीडन्तमा परी दुई उच्च सैनिक अधिकृतसहित पाँच सुरक्षाकर्मीको ज्यान गएको भारतीय सञ्चार माध्यमले जनाएकाे छ ।

भीडन्तमा परी एक कर्णेल र एक मेजरसहित पाँच सुरक्षाकर्मीको ज्यान गएको हो । भीडन्तमा कर्णेल आशुतोष शर्मा, मेजर अनुज तथा अन्य दुई सैनिकको मृत्यु भएको हो। त्यस्तै एक प्रहरी सवइन्स्पेक्टरको पनि ज्यान गएको छ ।

भीडन्तमा दुई आतंककारीको समेत मृत्यु भएको समाचारमा बताइएको छ । शनिबार साँझ हन्दवाराको चन्जमुला क्षेत्रमा भएको उक्त भीडन्तमा मृत्यु हुने सबैको शव त्यहाँबाट निकालि सकिएको छ । 


प्रतिक्रिया दिनुहोस्