भारतमा झनै बढ्यो कोरोना संक्रमण, २४ घण्टामा अहिलेसम्मकै बढीको मृत्यु

प्रकाशित मिति : २१ बैशाख २०७७, आइतबार  १ : १५


काठमाडौँ । भारतमा कोरोना भाइरसको संक्रमण झनै तिब्र रुपमा बढेको छ। पछिल्लो २४ घण्टामा भारतमा अहिलेसम्मकै बढी मानिसको मृत्यु भएको छ भने धेरै संक्रमित फेला परेका छन्। 

भारतमा पछिल्लो २४ घण्टामा मात्रै कोरोना भाइरसको संक्रमणबाट १०० जनाको मृत्यु भएको छ भने २ हजार ४ सय ४२ जना नयाँ संक्रमित थपिएका छन्। भारतमा २४ घण्टाभित्र अहिलेसम्म यति यतिधेरै संक्रमित र मृत्युदर रहेको थिएन्। यो सँगै भारमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ३ सय २३ पुगेको छ भने ३९ हजार ६ सय ९९ जना संक्रमित भएका छन्। 

भारतको महाराष्ट्रमा सबैभन्दा बढी संक्रमण देखिएको छ। महाराष्ट्रमा मात्रै पछिल्लो २४ घण्टामा ३६ जनाको मृत्यु भएको छ भने ७९० जना नयाँ संक्रमित थपिएको त्यहाँको स्वास्थ्य मन्त्रालयलाई उदृत गर्दे भारतीय सञ्चारमाध्यमले जनाएका छन्। 

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको महामारी विश्वका २१२ देशमा फैलिएको छ। कोरोना भाइरसबाट अहिलेसम्म विश्वभर २ लाख ४४ हजार ६ सय ६३ जनाको मृत्यु भएको छ भने ३४ लाख ८१ हजार ३५१ जना संक्रमित भएका छन्। 


प्रतिक्रिया दिनुहोस्