साप्ताहिक राशिफलः (वैशाख २१ गतेदेखि २७ गतेसम्म)

प्रकाशित मिति : २१ बैशाख २०७७, आइतबार  १ : १०


मेष–सामाजिक समस्यामा परिनेछ । आलोचक अघि सर्नेछन् । स्वास्थ्यमा सुधार हुनेछ । सानो यात्राको योग बन्नेछ । प्रेमीप्रेमिबीच सम्बन्ध सुध्रिनेछ । स्त्रीबाट सहयोग एवं साझेदारी लगानीमा फाइदा पाइनेछ । साताको अन्त्यमा भने विसञ्चो हुने, कार्यमा ढिलासुस्ती एवं गुप्त बाधा आइपर्नेछ ।

वृष–अध्ययनमा उन्नति हुनेछ । काममा जिम्मेवारी थपिनेछ । मित्रजनवाट भरपुर सहयोग पाईनेछ । रमाइलोमा खर्च हुनेछ । स्वास्थ्यमा सुधार हुनेछ । प्रतिस्पर्धामा जित देखिन्छ । मुद्दामामिला किनारा लाग्नेछन् । साताको अन्त्यमा यात्रा हुने एवं पारिवारिक भेटघाट र आफन्तबाट सहयोग पाइनेछ ।

मिथुन– प्रेममा विवाद बढ्नेछ परिवारसँग मनमुटाव बढ्नेछ । स्वास्थ्यमा असर देखिनेछ । सन्तानबाट खुशियाली बढ्नेछ । व्यापारमा फाइदा एवं विरोधीबाट पनि राम्रो सहयोग मिल्नेछ । आपसी झमेला टुंगिने एवं खर्च भने बढ्ने देखिन्छ । साताको अन्त्यमा स्वास्थ्यमा सुधार झमेलामा मेलमिलाप हुनेछ ।

कर्कट– पुराना काममा राहत हुनेछ । मातापिताबाट आश्वासन मिल्नेछ । जोश जागर बढ्ने एवं मातृपक्षबाट सहयोग रहनेछ । साताको मध्यमा मानसिक अशान्ति एवं घरायसी झमेला आइपर्नेछ । साताको अन्त्यमा अध्ययनमा सफलता, साझेदारीमा फाइदा एवं सन्तति सुख मिल्नेछ ।

सिंह– धनकोे सुख मिल्नेछ । वाणीको प्रभावले काम बन्नेछ । मनमा प्रशन्नता झल्किनेछ । धनको कारोबार बढ्नेछ । सानो यात्रा एवं बन्धुबाट सहयोग पाईनेछ । रोजगारबाट फाइदा एवं मित्रजनले सहयोग गर्नेछन् । साताको अन्त्यमा भने शारिरीक अस्वस्थता र काममा ढिलासुस्ती हुनेछ ।

कन्या –व्यवसायमा सन्तोष हुनेछ । नया काममा लगानीको बातावरण रहनेछ । ईष्टमित्रबाट सहयोग पाईनेछ । सम्पति वृद्धि एवं भोजनको सुख मिल्नेछ । साताको अन्त्यमा भने कार्यभार थपिने, रोजगारीमा फाईदा एवम दिदी बहिनीको सहयोगबाट काम बन्ने देखिन्छ ।

तुला– पारिवारिक खर्चले तनाव बढाउनेछ । यात्रामा झमेला पर्नेछ । काममा वा अरुको विवादमा फसिनेछ । अरुको कारणले आफूलाई भार पर्नेछ । साताको मध्यमा भने धनसम्पति वृद्धि आफन्तबाट फाइदा एवं कामबाट लाभ मिल्नेछ । साताको अन्त्यमा सरकारी फाइदा एवं पदप्रतिष्ठाको योग रहेको छ ।

वृश्चिक– विदेशको काममा राहत मिल्नेछ । टाढाका आफन्तबाट सहयोग मिल्नेछ । व्यापारमा तनाव एवं आध्यात्मिक रुचि बढ्नेछ । स्त्रीबाट सहयोग एवं कृषि र पशुकोे कारोबारमा फाइदा मिल्नेछ । राजनीतिमा जिम्मेवारी थपिने, रोजगारीमा लाभ मिल्ने एवं ठूला बडाबाट सहयोग पाइनेछ । आफ्नो कामको राम्रो प्रतिफल मिल्नेछ ।

धनु – सामाजिक काममा व्यस्तता बढ्नेछ । काममा रुचि बढ्नछ । आफन्तबाटे लाभ मिल्नेछ । सामाजिक काममा प्रशंसा पाइनेछ । राजनीतिक क्षेत्रबाट फाइदा लिन सकिनेछ । साताको मध्यमा नयाँ कामको योजना बन्नेछ । । साथीभाइको सहयोग बढ्नेछ । साताको अन्त्यमा भने स्वास्थ्यमा समस्या एवम खर्चको मात्रा बढ्नेछ ।

मकर– दाम्पत्य सुख मिल्नेछ । सरकारी कामबाट फाईदा पाईनेछ । ठूला बडाले साथ दिनेछन् । काममा प्रगति हुनेछ । घरायसी कामबाट फाइदा एवं सञ्चित धन घट्नेछ । आर्थिक काममा समस्या हुनाका साथै सन्तानबाट सहयोग पाइनेछ । साताको अन्त्यमा राम्रो सहयोग सहित कार्य सफल हुनेछ ।

कुम्भ –व्यवसायिक काममा समस्या आउनेछ । मित्रजनबाट धोका हुनेछ । झूठाे लाञ्छना लाग्नेछ । साताको मध्यमा भने भाग्यले साथ दिनेछ । नयाँ काममा सामान्य फाइदा मिल्नेछ । साताको अन्त्यमा भने राजनीतिक लाभ, पदवृद्धिको चर्चा एवम मित्रहरुबाट राम्रो सहयोग पाइनेछ ।

मीन– स्वास्थ्यमा सामान्य गडबड हुनेछ । अनावश्यक चिन्ता थपिनेछ । साथीभाइको जमघट बढ्नेछ । सामाजिक एवं धार्मिक काममा व्यस्त भइनेछ । साताको मध्यमा काममा गडबडी, खानपिनमा समस्या एवं झूठो लाञ्छना आउनेछ । अन्त्यमा भने अधुरा काम बन्ने । वैदेशिक एवं साथीभाइबाट खुशीका खवर एवं ठूला बडाबाट व्यक्तिगत सहयोग पाइनेछ ।


प्रतिक्रिया दिनुहोस्