काठमाडौं। बलिउडका दिग्गज अभिनेता ऋषि कपुरको निधनले भारतीय सिनेमा क्षेत्र शोकमग्न बनेको छ।
असमायिक निधनले कपुर परिवार निकै दुःखी छ। ऋषि कपुरको निधनपछि पहिलो पटक उनकी श्रीमती नीतु कपुरले सामाजिक सञ्जालमा पोस्ट गर्दै श्रद्धाञ्जली अर्पण गरेकी छन्।
नीतुले ऋषि कपुरको फोटो सेयर गर्दै एकदमै थोरै शब्दमा आफ्नो पीडा पोख्दै लेखेकी छन्,''हाम्रो कहानी सकियो''। उनको यो पोस्टले धेरैलाई भावुक बनाएको छ।
नितुको पोष्टमा सेलेब्रेटी तथा फ्यानहरूले सान्त्वना दिइरहेका छन् र ऋषि कपुरको आत्माको शान्तिका लागि प्रार्थना गरिरहेका छन्।
रणबीरले फोटो सेयर गर्दै सम्झे बुबा ऋषि कपुरलाई, आलिया बनिन् भाइरल