बेलायती प्रधानमन्त्रीले डाक्टरको नाममै राखे आफ्ना छोराको नाम

प्रकाशित मिति : २० बैशाख २०७७, शनिबार  ५ : ५४


लण्डन। बेलायती प्रधानमन्त्री बोरिस जोनसनले आफूलाई कोरोनाबाट निको बनाउँने चिकित्सकहरुको नाममै आफ्ना छोराको नाम राखेका छन।

हालै कोरोना संक्रमणपछि निको भएर काममा फर्केका प्रधानमन्त्री बोरिसले नवजात छोराको नाम आफूलाई बचाउँने २ जना चिकित्सकको नाममा राखेका हुन।

प्रधानमन्त्री पत्नी क्यारी साइमन्ड्सले आफ्नो छोराको नाम दुई जना चिकित्सकको नामबाट राखेको जानकारी दिएकी छन्।

उनले आफ्नो छोराको नाम विलफ्रेड लउरी निकोलस जोनसन राखेको बताएकी छन्।

क्यारी साइमन्ड्सले उनको छोराको तस्वीर सहित इन्स्टाग्राममा अस्पतालमा बोरिसको उपचार गर्ने डाक्टरहरुलाई सम्मान गर्न नाम दिइएको उल्लेख गरेकी छन।

प्रधानमन्त्री पत्नी साइमन्डसले बुधबार ती बच्चालार्ई जन्म दिएकी थिइन्।


प्रतिक्रिया दिनुहोस्