प्रधानमन्त्रीपछि रसियामा मन्त्रीमा पनि भेटियो कोरोना

प्रकाशित मिति : २० बैशाख २०७७, शनिबार  ४ : २९


मस्को । रुसका एक मन्त्रीलाई पनि कोरोना भाइरस पोजेटिभ पाइएको छ।

रुसी सञ्चारमाध्यमका अनुसार निर्माण मन्त्री भ्लादिमीर याकुशेफलाई कोरोना भाइरस पोजेटिभ देखिएको हो।

यसअघि बिहीबार प्रधानमन्त्री मिखाइल मिशुतिनलाई कोरोना संक्रमण भएको पुस्टि भएको थियो।

उनले राष्ट्रपति भ्लादिमीर पुटिनलाई आफू भाइरस संक्रमित भएको बताएका थिए।

कोरोना संक्रमित भएसँगै प्रधानमन्त्रीको जिम्मेवारी उप प्रधानमन्त्रीलाई दिइएको छ।

कोरोना फैलिएपछि राष्ट्रपति पुटिनले मस्को बाहिरको निवासबाट भिडियो कन्फरेन्सिंग मार्फत शासन गरिरहेका छन्।

रसियामा पछिल्लो २४ घण्टामा मात्रै ९ हजार बढि कोरोनाका संक्रमित भेटिएका छन्। जसमध्ये आधाभन्दा बढी राजधानी मस्कोका छन्।

कोरोनाका घटनाहरू दिन प्रतिदिन बढ्दै गइरहेको रसियामा हासम्म १ लाख बढि मानिस संक्रमित बनेका छन् भने मृत्यु हुनेको संख्या १२ सय २२ पुगेको छ।


प्रतिक्रिया दिनुहोस्