नेकपाले बोलायो वैशाख २५ गते स्थायी कमिटी बैठक

प्रकाशित मिति : २० बैशाख २०७७, शनिबार  ३ : ११


काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले स्थायी कमिटी बैठक बोलाएको छ।

शनिबार साँझ बसेको सचिवालय बैठकले २५ वैशाखमा स्थायी कमिटी बैठक बोलाउने निर्णय गरेको नेकपा प्रवत्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो। 

बैठकको एजेण्डा तय गर्न अघिल्लो दिन सचिवालयको बैठक बोलाइएको उहाँले बताउनुभयो । बैठक दिउँसो ११ बजे काठमाडौँमा बस्ने छ। 

आजको बैठकमा पार्टीलाई विधि, पद्दति र कम्युनिष्ट मुल्य मान्यता अनुरुप सन्चालन गर्ने, पार्टीको मार्ग निर्देशनमा सरकार सञ्चालन गर्ने र सरकारले देश र जनताको पक्षमा समाजवाद उल्मुख समृद्धि र आर्थिक रुपान्तरणको लक्ष्य हाँसिल गर्ने गरी काम गर्ने निर्यण भएको उहाँले बताउनुभयो। 

प्रधानमन्त्री केपी शर्मा ओलीले विवादित अध्यादेश ल्याएपछि चुलिएको विवाद आजको बैठकले अन्त्य गर्ने लक्ष्य राखिएको थियो। यसअघिको बैठकभन्दा आजको बैठकमा प्रधानमन्त्री ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल एउटै रंगको कुर्सीमा बैठकमा देखिएका छन्। 

यो पनि

नेकपा सचिवालय बैठक सकियो, यस्ता छन् बैठकका निर्णय

प्रधानमन्त्रीका लागि परामर्शमा जुटेका वामदेवका लागि उधारो सहमति


प्रतिक्रिया दिनुहोस्