नेकपा सचिवालय बैठक सकियो, यस्ता छन् बैठकका निर्णय

प्रकाशित मिति : २० बैशाख २०७७, शनिबार  २ : ५४


काठमाडौँ । सत्तारुढ दल नेकपाको सचिवालय बैठक सकिएको छ। 

पार्टीको आन्तरिक विवाद चुलिएका बेला बालुवाटारमा बसेको बैठकले पार्टी एकता सुदृढ गर्ने विषयमा छलफल गरेको नेकपा प्रवत्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो। पार्टीमा ३ वटा अध्यक्ष राख्ने प्रस्ताव आजको बैठकमा अस्वीकृत भएको पनि उहाँले जानकारी गराउनुभयो। 

उहाँले पार्टीलाई विधि, पद्दति र कम्युनिष्ट मुल्य मान्यता अनुरुप सन्चालन गर्ने, पार्टीको मार्ग निर्देशनमा सरकार सञ्चालन गर्ने र सरकारले देश र जनताको पक्षमा समाजवाद उल्मुख समृद्धि र आर्थिक रुपान्तरणको लक्ष्य हाँसिल गर्ने गरी काम गर्ने निर्यण भएको बताउनुभयो। 

साथै उपाध्यक्ष बामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभामा लैजाने निर्णय पनि बैठकले गरेको छ। 

प्रधानमन्त्री केपी शर्मा ओलीले विवादित अध्यादेश ल्याएपछि चुलिएको विवाद आजको बैठकले अन्त्य गर्ने लक्ष्य राखिएको थियो। यसअघिको बैठकभन्दा आजको बैठकमा प्रधानमन्त्री ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल एउटै रंगको कुर्सीमा बैठकमा देखिएका छन्। 


प्रतिक्रिया दिनुहोस्