आसन परिवर्तन गर्दै नेकपा सचिवालय बैठक सुरु

प्रकाशित मिति : २० बैशाख २०७७, शनिबार  १ : ०४


काठमाडौं । सत्तारुढ दल नेकपाको सचिवालय बैठक बालुवाटारमा सुरु भएको छ।

पार्टीको आन्तरिक विवाद चुलिएका बेला यो बैठक निर्णायक हुने ठानिएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विवादित अध्यादेश ल्याएपछि चुलिएको विवाद आजको बैठकले अन्त्य गर्ने ठानिएको छ।

यसअघिको बैठकभन्दा आजको बैठकमा प्रधानमन्त्री ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल एउटै रंगको कुर्सीमा बैठकमा देखिएका छन्।

यसअघिको बैठकमा देखिएको दृश्य


प्रतिक्रिया दिनुहोस्