२ जना हुण्डी कारोवारी पक्राउ

प्रकाशित मिति : २० बैशाख २०७७, शनिबार  १२ : ४८


काठमाडौं । काठमाडौँ महानगरपालिका १३ टङ्केश्वरस्थित कनक पेट्रोलपम्प नजिकबाट हुण्डी कारोवारमा संलग्न रहेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुका साथबाट प्रहरीले नगद रु २४ लाख २१ हजारसमेत बरामद गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
पक्राउपर्नेमा भारत मोतियारी घर भई हाल ललितपुर सानेपा बस्ने ३९ वर्षीय रुपेशकुमार गुप्ता र काठमाडौँ नयाँ बानेश्वर बस्ने बाग्लुङका ३५ वर्षीय सागर श्रेष्ठ रहेका छन्।

उक्त रकममध्ये गुप्ताको साथबाट रु छ लाख २१ हजार र श्रेष्ठको साथबाट रु १८ लाख बरामद भएको हो।

उक्त स्थानमा हुण्डी कारोवार गरिरहेको भन्न सूचना प्राप्त हुनासाथ महानगरीय प्रहरीवृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।

उक्त घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्