प्रधानमन्त्री दिनहुँ कविता कोर्दै, यस्तो छ आजको कविता

प्रकाशित मिति : बैशाख २०, २०७७ शनिबार


(प्रधानमन्त्री केपी शर्मा ओली दिनहुँ कविता कोरिरहनु भएको छ । उहाँले १ मईको अवसरमा ‘अब आँसु खसाउनु पर्दैन’ शीर्षकको कविता लेख्नुभएको थियो । उक्त कवितापछि उहाँले २ मई अर्थात आज पनि ‘बन्छ नमूना नेपाल’ शीर्षकको अर्को कविता कोर्नुभएको छ । 

बन्छ नमूना नेपाल

स्वदेशमै रोजगारी
स्वदेशमै बास
रोजिदैन प्रवास
अब गर्ने देश विकास ।

खेर जान्नन् नदीनाला
बाँझा हुन्नन् खेत
नाङ्गा हुन्नन् डाँडापाखा
यो उर्वर सुन्दर देश ।

चट्टान काटी सुरुङ खोली
बन्छन् नयाँ बाटा
सुशासन र विकासको
चल्छ अभियान साझा ।

बालबालिका विद्यालय
सफल अस्पताल
सबलाई सामाजिक सुरक्षा
बन्छ नमूना नेपाल

२ मे २०२०
२० बैशाख २०७७


 


प्रतिक्रिया दिनुहोस्