उद्योगहरुलाई सहयोग पुग्नेगरि सरकारले बजेट ल्याउनुपर्छ : उपाध्यक्ष ढकाल

प्रकाशित मिति : २० बैशाख २०७७, शनिबार  ११ : ११


काठमाडौं । सरकारले लकडाउनका कारण समस्यामा परेका उद्योगहरुलाई बुस्टअप गर्नेगरी बजेट ल्याउनुपर्ने उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले बताउनुभएको छ।

उपाध्यक्ष ढकालले मध्यकालिन र दिर्घकालिन योजना सहित उद्योग प्रतिस्ठानहरुलाई बुस्टअप गर्ने व्यवस्था बजेट मार्फत आउनुपर्ने बताउनु भएको हो।

उहाँले कोरोना भाइरस (कोभिड–१९)को रोकथामका लागि लकडाउन गरिएपछि उद्योग प्रतिस्ठानहरु बन्द रहेको र बेरोजगारीको समस्या देखिएको भन्दै बजेट मार्फत नै संरक्षण गरिनुपर्ने बताउनुभयो।

यस्तै सरकारको राजस्व आम्दानी बढाउन पनि उद्योग प्रतिस्ठानहरुलाई जोगाउनु अपरिहार्य रहेको उपाध्यक्ष ढकालले बताउनुभयो।

उहाँले उद्योग व्यवसायको संरक्षणका लागि उद्योग वाणिज्य महासंघ सहितका व्यसायिक संगठनहरुले सरकारलाई सुझाव दिइसकेकोले सोही अनुसार नै बजेटले सम्बोधन गर्ने अपेक्षा गरिएको समेत बताउनुभयो।

देश भित्र बढ्ने बेरोजगारी र वैदेशिक रोजगारीबाट फर्केर आउनेहरुको संख्या ठूलो हुने भएकोले उनिहरुको व्यवस्थापनका लागि पनि बजेटको प्रकृति फरक हुनुपर्ने उपाध्यक्ष ढकालले बताउनुभयो।

उहाँले उद्योग प्रतिस्ठानहरुले रोजगारी सिर्जना गर्न सक्ने, उत्पादन बढाउने तथा सरकारको आम्दानी बढ्ने किसिमबाट बजेट आउनुपर्ने बताउनुभयो । रेमिट्यान्स आप्रवाहमा हुने कमिबाट अर्थतन्त्रमा पर्ने असरलाई पनि बजेटले सम्बोधन गर्नुपर्ने उहाँले बताउनुभयो।


प्रतिक्रिया दिनुहोस्