नेकपा सचिवालय बैठक बस्दै

प्रकाशित मिति : २० बैशाख २०७७, शनिबार  १० : ३६


काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक बस्दै छ।

साँझ साढे ५ बजेपछि प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु हुने नेताहरुले बताएका छन्।

यसअघि अपरान्ह ४ बजेका लागि बोलाइएको बैठक त्यसअघि छलफल गर्नुपर्ने भन्दै साढे पाँच बजेका लागि सरेको हो।

बैठकमा पार्टी भित्र देखिएको विवाद लगायत नेता वामदेव गौतमलाई प्रधानमन्त्री बनाउन यसअघि पार्टी अध्यक्ष केपी शर्मा ओलीले गरेको प्रस्तावबारे थप छलफल हुनेछ।

अध्यादेशका कारण चुलिएको विवादपछि ओलीमाथि पार्टी अध्यक्ष र प्रधानमन्त्रीबाट राजीनामा दिनुपर्ने दबाब बढेको छ।

नेकपाका प्रचार विभाग उपप्रमुख suryaले प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा पार्टीका आन्तरिक विषयमा छलफल हुने जानकारी दिए।

यसअघि सचिवालय बैठक यही वैशाख १७ गते बसेको थियो। सो बैठकले आज पुनः सचिवालय बैठक तय गर्ने निर्णय गरेको थियो।


प्रतिक्रिया दिनुहोस्