काठमाडौं । सत्तारुढ दल नेकपाका नेताहरुका कविता आजभोलि सामाजिक सञ्जालमा सार्वजनिक हुन थालेका छन्।
शुक्रबार प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पछिल्लो कविता सार्वजनिक गरेका थिए।
उक्त कविताबारे विभिन्न टिप्पणी भइरहेका छन्। प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री ओलीप्रति लक्षित गर्दै किन कसैको आँशु नखसेको भन्दै प्रश्न गरेका छन्।
प्रधानमन्त्री ओलीले शुक्रबार दिउँसो ‘अब आँशु खसाउनु पर्दैन’ कविता लेखेपछि प्रवक्ता शर्माको यस्तो ट्विट गरेका हुन।
रोल्पामा रगत बग्दा काठमाडौमा जब आँसु नखस्ने कविता फुर्छ, तब त्यसलाई `कपिपेस्ट अभिनय´ को संज्ञा दिनु सायद गलत हुन्न l
`कपिपेस्ट अभिनय´ भन्नु र `कपिपेस्ट कविता´ भन्नुमा फरक हुन्छ l
— Bishwa Prakash शर्मा (@bishwaprakash77) May 2, 2020
नेकपाका नेता जनार्दन शर्माले पनि आफ्नो पछिल्लो कविता सार्वजनिक गरेका छन्।
देशलाई गर्यौ लकडाउन
जनतालाई भन्यौ लकडाउन
भोकाको पेट लकडाउन
श्रमिकको पसिना लकडाउन
रोगीको रोग लकडाउन
किसानको खेती लकडाउन
खयर यति सम्म त ठिकै मानौ
तर मलाई आश्चर्य लाग्छ
तिम्रो हेर्दा विवेकमै लकडाउन ।।— Janardan Sharma (@JSPrabhakar) May 2, 2020
यस्तै, नेकपा नेता तथा पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाले पनि कविता लखेका छन्।
ओैँसीकाे रात
कालाेबादल
चाँदीकाे घेरा
नेकपा बैठक— Gokul Prasad Baskota (@GokulPBaskota) May 2, 2020