प्रहरी क्याम्पमा तिब्र रुपमा फैलिदै कोरोना, १२२ जवान संक्रमित

प्रकाशित मिति : २० बैशाख २०७७, शनिबार  ७ : ५२


भारत । कोरोना भाइरसको महामारी भारतको प्रहरी क्याम्पमा पनि छिरेको छ। दुई हप्ताभित्रै दिल्लीको केन्द्रीय रिजर्व पुलिस फोर्सका १२२ जवान संक्रमित भएका छन्। 

अझै पनि १०० जवानको रिपोर्ट आउन बाँकी रहेको समाचार संस्था पिटिआईले जनाएको छ। सिआरपिएफका जवान संक्रमित भएपछि चासो अधिक भएको छ। 

सिआरपिएफको ३१ बटालियन क्याम्प दिल्लीको मयूर विहार फेस–३ मा रहेका जवान संक्रमित भएका हुन्। सो बटालियनमा पछिल्लो दुई दिनमा संक्रमणको दर उच्च भएको जनाइएको छ। यो हप्ताको सुरुमा एक जवानको सफदरजंग अस्पतालमा निधन भएको थियो। शुक्रबार बटालियनका १२ जनामा संक्रमण पुष्टि भएको हो। दुई दिनअघि ४५ जना जवानमा संक्रमण पुष्टि भएको थियो।

सिआरपिएफएका एक पारामेडिकल स्टाफबाट जवानहरुमा संक्रमण फैलिएको आशंका छ। अप्रिल २४ मा ९ जवानमा संक्रमण पुष्टि भएको थियो । त्यसको भोलिपल्ट थप १५ जनामा संक्रमण पुष्टि भएको थियो।


प्रतिक्रिया दिनुहोस्