काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि प्रतिबन्ध लगाउने संकेत देखाएका छन्। उनले प्रतिबन्ध लगाउने बारेमा बिचार गरिरहेको प्रतिक्रिया दिएका हुन्।
उनले भने, ‘कोरोनाभाइरस संक्रमण रोक्नमा चीनको असफलतालाई मध्यनजर गर्दै यसमा अमेरिकी प्रतिबन्धको सम्भावनालाई अस्विकार गर्न सकिँदैन।’
फार्महाउस क्याम्प डेविड जानका लागि हेलिकोप्टरमा बस्ने तयारीमा रहेका बेला ट्रम्पले यस्तो बताएका हुन्। उनले फार्महाउसमा विकेन्डमा काम गर्ने बताइएको छ। ट्रम्प २८ मार्चदेखि ह्वाइट हाउसबाट बाहिर निस्किएका छैनन्।
उनी यो विकेन्ड आफ्ना केही सहयोगी र छोरी इभांका ट्रम्पसँग बिताउने छन्।