लोकदोहोरी गायिका विष्णु माझीलाई मातृ शोक

प्रकाशित मिति : २० बैशाख २०७७, शनिबार  ५ : ४५


स्याङजा । लोकदोहोरी गायिका विष्णु माझीलाई मातृ शोक परेको छ। उनकी आमा धर्मकुमारी माझीको ५८ वर्षको उमेरमा निधन भएको हो।

स्याङजाको चापाकोट नगरपालिका वडा नम्बर–८ मा रहेको आफ्नै घरमा उहाँको निधन भएको परिवारले जनाएको छ। लामो समयदेखि उच्चरक्तचापको बिरामी रहनुभएकी माझीको शुक्रबार निधन भएको हो। 

उहाँका श्रीमान्, एक छोरा र दुई छोरी रहेका छन्।


प्रतिक्रिया दिनुहोस्