शौचालय गएका बेला लडेर पोर्चुगलमा एक नेपालीको मृत्यु

प्रकाशित मिति : २० बैशाख २०७७, शनिबार  ४ : ५५


लिस्वन । पोर्चुगलमा एक नेपालीको निधन भएको छ। पोर्चुगलको दक्षिणी क्षेत्र बेलसामेलमा धादिङका प्रेम तामाङको निधन भएको हो। 

कृषि मजुदरका रुपमा  काम गर्दै आएका तामाङको मे १ तारिख शुक्रबारका दिन निधन भएको हो। सहकर्मीका अनुसार उनी कार्यस्थलमै रहेको शौचालयमा गएका थिए। 

शौचालयबाट उठ्ने क्रममा रिङ्गटा लागेर ढुङ्गामा ठोक्किएर पल्टिन पुग्दा नजिकै सुकेको झारपात तथा अन्य फोहोर पोल्ने स्थानमा बलिरहेको आगोमा परेका थिए। घटना लगत्तै सहकर्मीले उनलाई उद्धार एन्बुलेन्स बोलाएका थिए। उनको अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो।

उनी उच्च रक्तचापका कारण लडेको र मस्तिस्कमा रगत जमेको देखिएको अस्पताल स्रोतले जनाएको छ। 

मृतक तामाङकी २२ वर्षीय छोरी पनि उनीसँगै पोर्चुगलमा बस्दै आएकी थिइन् भने श्रीमतीलगायत परिवारका अन्य सदस्य भने नेपालमै थिए।


प्रतिक्रिया दिनुहोस्