कोरोना त्रास छाइरहेका बेला भारत-पाकिस्तानबीच भिडन्त, २ सैनिकको मृत्यु

प्रकाशित मिति : २० बैशाख २०७७, शनिबार  ४ : ४५


काठमाडौँ । कोरोना महामारीको त्रास छाइरहेका बेला जम्मू–कश्मीरको सीमावर्ती क्षेत्रमा भारत र पाकिस्तानी सेनाबीच भिडन्त भएको छ। भिडन्तमा २ भारतीय सैनिकको मृत्यु भएको छ।

दुई देशबीचको नियन्त्रण रेखा क्षेत्रमा भएको भिडन्तमा परी दुई भारतीय सैनिकको ज्यान गएको र अर्का एक सैनिकसहित ३ जना घाइते भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।

दुई देशको नियन्त्रण रेखामा पर्ने जम्मू–कश्मीरको रामपुर क्षेत्रमा पाकिस्तानले शुक्रबार एक्कासी आक्रमण गर्दा घाइते भएका सुरक्षाकर्मीको आज बिहान मृत्यु भएको भारतीय पक्षले जनाएको छ। 

भारतीय सैनिकले जवाफी १ घण्टा बढी कारबाही गरेको थियो। 


प्रतिक्रिया दिनुहोस्