यो साता कस्तो छ तपाईको भाग्य ? हेर्नुस् बैशाख २० देखि २६ गतेसम्मको साप्ताहिक राशिफल

प्रकाशित मिति : २० बैशाख २०७७, शनिबार  ४ : ०९


बैशाख २० देखि २६ गतेसम्मको साप्ताहिक राशिफल

मेष : गल्ती सच्याउनाले सामाजिक क्षेत्रमा महत्वपूर्ण भूमिकाको अवसर पुन: प्राप्त भई टाडिएका साथीभाइहरू नजिकिनेछन । सोचेको लक्ष्य प्राप्त गर्न थप मेहनतको जरुरी पर्नेछ । धन जोह नगर्दा आर्थिक संकटमा परिनेछ। 

वृष : सामाजिक संघ–संस्थामा सेवा गर्दा सकेसम्म कम बोल्नु आफ्नो हितमा हुन्छ  । पेटसम्बन्धी समस्याले सामान्य पिरोल्न सक्छ। बाहिरी खानेकुरा खाँदा विचार पुर्‍याउनुहोला । 

मिथुन :विपक्षीको छलकपट र जाल झेलमा भने सावधानी अपनाउनुपर्नेछ । व्यवसाय सञ्चालनमा यदाकदा अवरोध तथा कठिनाइ भने महसुस हुनेछन् । 

कर्कट : तपाईंलाई प्रयोग गर्नेहरू भित्रभित्रै षड्यन्त्र गरिरहेका छन् । यात्राको समय तालिकमा फेरबदल हुँदा स्वास्थ्य बाधाले सताउन सक्छ । अवरोधहरू निर्मूल पार्न अभिभावकको प्रेरणादायक भूमिका हुनेछ। 

सिंह : अभिभावकको सुझाव मुताविक कार्य गर्दा परिणाम प्राप्त गर्न सहज हुनेछ । मनोरञ्जन कार्यमा भाग लिँदा स्वास्थको ख्याल गर्नुपर्ने हुन्छ । 

कन्या : सोच विचार नगरी आर्थिक सहयोग गर्ने बचन दिँदा प्रतिकूल परिस्थिति आइलाग्न सक्छ । हरिया रंगहरू अवलम्बन गर्न सके चुनौती सामना गर्न सहज हुनेछ । 

तुला : टाडाको साथीको सुझावलाई अनुशरण गर्दा आथिक संकट टार्न सकिनेछ । नसोचेको विषयले फजुल खर्च गराउनेछ । विपरीत लिङ्गी साथीलाई बचन दिँदा संयम अपनाउनुहोला ।  

वृश्चिक : स्वार्थी मित्रहरूले घेरा हाल्न सक्छन्, सकेसम्म उनीहरूबाट टाढै रहनुपर्नेछ । अर्कालाई सहयोग गर्न मन लालयित हुनेछ । साताको अन्त्यमा मनग्य धन खर्च गर्नुपर्नेछ । 

धनु : उच्च ओहोदाका सरकारी कर्मचारीलाई रज्यस्तरका महत्वपूर्ण जिम्मेवारी हात लाग्दा थप चुनौती सामना गर्नुपर्नेछ। गरी आएका पुराना कामबाट व्ययको भार मिल्नेछ । 

मकर : सुमधुर पारिवारिक वातावरणले नयाँ कार्यको थालनीमा आर्कषक भई श्री गणेशको लागी तिथि मिति तय गरिनेछ। फजुल खर्च र आर्थिक संकट वृद्धि भई मानसिक तनावलाई हटाउन योगाभ्यास गरी मुक्त भइनेछ। 

कुम्भ : आफूले गरेको कार्यक्षेत्रमा बोझिलो कार्यभार आइलाग्न सक्छ । पैत्रिक धन खर्च गरी जग्गाजमिन खरिद गर्न आकर्षित भइनेछ । योजनाभन्दा बढी खर्च हुनाले सहकर्मीबीच विवाद बढ्न सक्छ। 

मीन : सहपाठी मित्रहरूको सुझाबबाट अधि बढिनेछ । आफूसँग भएका क्षमता प्रदर्शन गर्ने क्रममा मन मिल्ने साथीको मार्गदर्शन अवलम्बन गर्नुहोला । अभिभावकहरूले व्यावहारिक जिम्मेवारी दिलाउनेछन। 


प्रतिक्रिया दिनुहोस्