आफ्नो बिरामी बच्चालाई मुखमा च्यापेर अस्पताल पुग्यो बिरालो, डाक्टर चकित

प्रकाशित मिति : २० बैशाख २०७७, शनिबार  ३ : ५७


काठमाडौँ । यतिबेला सामाजिक सञ्जालमा एउटा घटनाले निकै चर्चा पाएको छ। आफ्नो बिरामी बच्चालाई मुखमा च्यापेर बिरालो अस्पताल पुगेपछि चिकित्सक चकित भएका छन्। 

घटना टर्कीको इस्तानबुल शहरको हो। उक्त घटनाका केही तस्वीरहरु यतिबेला सामाजिक सञ्जालमा भाइरल भनिरहेका छन्। उक्त बिरालोका तस्वीर ट्वीटर युजर ओजकनले शेयर गरेका हुन्।

आफ्नो बच्चालाई लिएर बिरालो अस्पताल पुगेपछि उक्त दृष्यले चिकित्सकलाई समेत चकित बनाएको छ। तस्वीर पोस्ट गर्दै ओजकनले लेखेका छन् ‘आज हामी इमरजेन्सी रुममा थियौं । त्यही बेला एउटा बिरालोले आफ्नो बच्चालाई मुखमा च्यापेर लिएर आयो।’ 

बिरालो बच्चालाई लिएर अस्पताल पुगेपछि स्टाफले उनलाई खाना दिन्छन् र बच्चालाई लिएर उपचारको लागि भित्र जान्छन्।


प्रतिक्रिया दिनुहोस्