इटहरी । इटहरीमा एक १७ वर्षीया किशोरीमाथि सामुहिक बलात्कार भएको छ।
ईलाका प्रहरी कार्यालय इटहरीका अनुसार इटहरीको सिमरबनामा १७ बर्षीया किशोरीमाथि ९ जना युवाहरुको समुहले बलात्कार गरेको भन्दै उजुरी परेको छ। आफुमाथि गत वैशाख १४ गते राती सामुहिक बलात्कार गरेको भन्दै बिहीबार पीडितले उजुरी दिएकी हुन्।
सोही उजुरीका आधारमा प्रहरीले बलात्कारको आरोपमा स्थानीय त्रिलोचन चौधरी र अमित चौधरीलाई पक्राउ गरेको छ। अन्य ७ जनाको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।