२४ घण्टामा मात्रै अमेरिकामा ३६ हजार बढीलाई कोरोना संक्रमण, संक्रमितको संख्या ११ लाख नाघ्यो

प्रकाशित मिति : २० बैशाख २०७७, शनिबार  १ : ५०


कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित बनेको अमेरिकामा पछिल्लो २४ घण्टामा मात्रै १ हजार ८ सय ९७ जनाको मृत्यु भएको छ भने ३६ हजार ७ जना नयाँ संक्रमित थपिएका छन्। 

यो सँगै अमेरिकामा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ६५ हजार ७ सय ५३ पुगेको छ भने ११ लाख ३१ हजार ३० जना संक्रमित भएका छन्। 

जसमध्ये १ लाख ६१ हजार ५ सय ६३ जना उपचारपछि निको भएका छन् भने १६ हजार ४८१ जनाको अवस्था गम्भिर छ। त्यस्तै ९ लाख ३ हजार ७१४ जना एक्भिट संक्रमितको उपचार भइरहेको छ। 

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको महामारी विश्वका २१२ देशमा फैलिएको छ। कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा ५ हजार ६ सय २४ जनाको मृत्यु भएको छ भने ९४ हजार ५ सय ५२ जना नयाँ संक्रमित थपिएका छन्। 

यो सँगै विश्वभर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २ लाख ३९ हजार ५ सय ७० पुगेको छ भने ३४ लाख २ सय ७८ जना संक्रमित भएका छन्। 


प्रतिक्रिया दिनुहोस्