ताप्लेजुङ सदरमुकाममा भिषण आगलागी, क्षतिको विवरण आउन बाँकी

प्रकाशित मिति : २० बैशाख २०७७, शनिबार  १ : ०४


ताप्लेजुङ । ताप्लेजुङको सदरमुकाम फुङलिङ बजारमा भिषण आगलागी भएको छ। गएराति १० बजेदेखि सुरु भएको आगो शनिबार बिहान साढे ५ बजेतिर नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ। 

प्रहरीका अनुसार आगलागीबाट सात वटा घर र पाँच वटा घुम्ती पसल जलेर नष्ट भएका छन्।

गएराति भट्टराई होटल एण्ड लजबाट सुरु भएको आगोले आसपासका बस्तीमा पनि फैलिएको हो। दमकल, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। 

आगलागीको कारण भने खुलेको छैन्। आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी छ। 


प्रतिक्रिया दिनुहोस्