कोरोना संक्रमित १० लाख मानिस निको भएर घर फर्के

प्रकाशित मिति : १९ बैशाख २०७७, शुक्रबार  ५ : १२


काठमाडौं। चीनको वुहानबाट गत वर्षको अन्त्यमा सुरु भएको कोरोना भाइरसका कारण विश्वभर ३३ लाख बढि मानिस संक्रमित भएका छन्। 

वल्र्ड मिटरको तथ्यांक अनुसार ती मध्ये १० लाख बढि मानिस निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन।

अहिलेसम्म २ लाख बढि मानिसको ज्यान गएको छ। १० लाख मानिस निको भएको तथ्यांकबाट बिरामी मध्ये अधिकांश निको हुने संकेत देखाएको छ।

३३ लाख संक्रमितमा २ लाख मानिसको मृत्यु न्युन हो। यो तथ्यांक हेर्दा ३२ लाख भन्दा बढि मानिसहरु निको हुने प्रक्षेपण गर्न सकिन्छ।

यद्धपी संक्रमित मानिसहरु निको हुन समय लाग्ने छ।

मेडिकल पत्रिका द लान्सेटका अनुसार कोरोना संक्रमण भएका मानिसको मृत्युदर इन्फ्लूएन्जा भन्दा ०.१५ प्रतिशत बढी र सार्सभन्दा ९.५ प्रतिशत कम हो।

परीक्षण धेरै भएका देशहरुमा मृत्युदर अन्य देशको तुलनामा १ प्रतिशत बढि देखिएको छ।

कोरोनाबाट अहिलेसम्म सबैभन्दा धेरै मृत्यु र संक्रमणका घटना अमेरिकामा छन्।


प्रतिक्रिया दिनुहोस्