नेकपा अध्यक्ष दाहाल र नेता नेपालबीच भेटघाट

प्रकाशित मिति : १९ बैशाख २०७७, शुक्रबार  ३ : ३७


काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नेपालबीच छलफल भइरहेको छ।

सचिवालय बैठकको पूर्वसन्ध्यामा अध्यक्ष प्रचण्ड नेपालसँग छलफल गर्न कोटेश्वर पुग्नुभएको छ।

नेता नेपालका सहयोगी मोहन गौतमले भोली बस्ने सचिवालय बैठकमा प्रस्तुत हुने विषयवस्तुको बारेमा छलफल गर्न नेताहरुबीच भेटघाट भएको बताउनुभयो।

बुधबार बसेको सचिवालय बैठकले पार्टीभित्र देखिएको आन्तरिक विवादका विषयमा गृहकार्य गरी शनिबारका लागि बैठक बोलाउने निर्णय गरेको थियो।


प्रतिक्रिया दिनुहोस्