अन्तर्राष्ट्रिय श्रमिक दिवसमा गृहमन्त्री बादलको यस्तो शुभकामना

प्रकाशित मिति : १९ बैशाख २०७७, शुक्रबार  २ : १९


काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले अन्तर्राष्ट्रिय श्रमिक दिवसको उपलक्ष्यमा शुभकामना दिनुभएको छ । गृहमन्त्री थापाले आफ्नो फेसबुक पेजमा भन्नुभएको छ, ‘१ मे अर्थात अन्तर्राष्ट्रिय श्रमिक दिवसको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण श्रमजीवी जनसमुदायमा हार्दिक शुभकामना ।’

गृहमन्त्री बादलले मजदुरहरुको आधारभूत हकहित र सुविधाको सुनिश्चितता गर्न सरकार प्रतिवद्ध रहेको बताउँदै भन्नुभएको छ,‘पछिल्लो समय विश्वव्यापीरुपमा फैलिरहेको कोरोना संक्रमणका कारण मजदूरहरु अत्याधिक मर्कामा परेका छन् । यसबाट उनीहरुलाई पर्ने प्रभावलाई सक्दो न्युनिकरण गर्न सरकार प्रयत्नशील रहेको छ ।’

सरकारले मजदूर केन्द्रित रहेर विशेष कार्यक्रम ल्याइरहेको बताउँदै भन्नुभएको छ, ‘अहिले कोरोनाविरुद्धको लडाइँमा विजय प्राप्त गर्दै अघि बढ्नु नै सबैको एकमात्रै लक्ष्य रहेको छ । यसमा मजदूर लगायत सबै वर्ग र क्षेत्रबाट आवश्यक भूमिका निर्वाह गर्न हार्दिक आग्रह गर्दछु ।’
 


प्रतिक्रिया दिनुहोस्