खाली हात बिदा भएका इरफानले परिवारका लागि कति सम्पति छाडेर गए?

प्रकाशित मिति : १९ बैशाख २०७७, शुक्रबार  २ : ०१


नयाँ दिल्ली । बलिउडका चर्चित अभिनेता इरफान खानले बुधबार मुम्बईको एक अस्पतालमा अन्तिम पटक सास फेरे।

अल्पायुमै निधन भएका अभिनेता खान विगत २ वर्षदेखी एउटा दुर्लभ किसिमको रोगसँग जुध्दै आएका थिए।

सन् २०१८ मा इरफानमा न्युरोएन्डोक्राइन ट्युमर भएको थाहा भएको थियो।

५३ वर्षको उमेरमानै ज्यान गुमाएका इरफानका श्रीमती सुतापा र दुई छोरा बाबेल र अयान छन्।

७ महिना अघि रिलिज भएको 'अंग्रेजी मिडियम'नै इरफानको अन्तिम फिल्म बन्यो।

बलिउड बाहेक उनले 'जुरासिक वर्ल्ड' र 'लाइफ अफ पाइ' जस्ता अन्तर्राष्ट्रिय चलचित्रहरूमा पनि उत्कृष्ट अभिनय गरेका थिए।

इरफानले परिवारका लागि धेरै सम्पत्ति छाडेर बिदा भएको मिडिया रिपोर्टमा चर्चा हुन थालेको छ।

भारतीय सञ्चार माध्यमका अनुसार अभिनेता खान ३२० करोड (भारतीय रुपैंया) सम्पत्तिका मालिका थिए।

उनले एक फिल्मबाटै १५ करोड सम्म लिने गरेको समाचारमा जनाइएको छ।

यसका अलावा खानले विज्ञापनबाट मोटो रकम पाउने गरेका थिए। रिपोर्टका अनुसार खानले एडमा खेले वापत ५ करोड लिने गरेका थिए।

अभिनेता खानको मुम्बईमा घर छ भने जुहुमा पनि एक फ्ल्याट रहेको छ। उनले फिल्ममा शुल्क सँगै नाफा समेत सेयर समेत गर्थे।

इरफान खान यस्ता अभिनेता थिए जसले बलिउड सँगै हलिउडमा समेत आफ्नो शानदार अभिनयको छाप छोड्न सफल भए।

सन् २०१८ मा इरफान न्यूरोएन्डोक्राइन ट्युमरबाट पीडित बनेका थिए। रोग लागेको थाहा भएपछि उपचारका लागि उनी त्यसपछि लण्डन गए। रोगका कारण उनी केही समय बलिउडबाट टाढिए।

लगभग एक वर्षपछि भारत फर्केका उनले 'अंग्रेजी मिडियम' फिल्ममा खेलेका थिए।

करोडौँ मानिसको हृदयमा बसेका उनलाई मुम्बईको वर्सेवामा रहेको क्रबिस्तानमा बुधबारनै गाडियो। अन्तिम बिदाइमा २० जना मात्र आफन्त उपस्थित थिए।

यो पनि

इरफान खानकी पत्नी सुतापाले तस्विर पोस्ट गर्दै यस्तो लेखिन्
 


प्रतिक्रिया दिनुहोस्