ललितपुर । गोदाबरी नगरपालिका वडा नंं ३ नयाँबाटोस्थित जस्ताले बनाएको टहरामा बस्दै आएकी रुकुम घर बताउने हाल नाम, थर, नखुलेकी अन्दाजी ३५ वर्षीया महिला सोही टहरोभित्र बिहीबार दिउँसो मृत अवस्थामा फेला परेकी छिन् ।
घटनास्थलबाट मृतकको साथबाट मोबाइल बरामद भएको र मृतकको लाश पाटन हस्पिटल लगिएको र पोष्टमार्टमको कार्य भएको प्रहरीले जानकारी दिएकाे छ ।