कोरोना महामारीका बीच युरोपमा बालबालिका नयाँ रोगबाट पीडित बन्दै!

प्रकाशित मिति : १९ बैशाख २०७७, शुक्रबार  १० : १३


काठमाडौं । कोरोना भाइरस महामारीले युरोपमा अहिले ठुलो विनाश निम्त्याएको छ।

महामारीका बीच त्यहाँका बच्चाहरूमा एउटा नयाँ रोग देखा पर्न थालेको छ।

हालसम्म १२ जना भन्दा बढि बेलायती बच्चाहरू यस रोगबाट पीडित बनेका छन्।

रातो रंग जस्तै रेसाहरू बालबालिकाको जीउमा देखा पर्ने गरेको छ।

चिकित्सकहरुले कतै यो रोग कोरोना भाइरससँग सम्बन्धीत त छैन भन्दै आशंका व्यक्त गरेका छन्। 

केही डाक्टरहरूले भने उक्त रोग 'कावासाकी रोग' भएको हुनसक्ने विश्वास गरेका छन्।

कावासाकी रोग पाँच वर्ष मुनिका बच्चाहरूमा देखा पर्नेगर्छ।

यो रोग लागेमा बच्चाहरूलाई निरन्तर ज्वरो आउँने गर्छ।

आँखा रातो हुन्छ। घाँटी र बंगारा वरिपरि सुन्निने, मुटुको मांसपेशीले राम्रोसँग काम नगर्ने, ओठ, छालामा दाग हुने, हात र औंलाको दुखाई हुने तथा पखाला लाग्ने गर्छ।

यो रोग लागेमा बालबालिका गम्भिर किसिमको पखालाबाट ग्रस्त हुन सक्छन्।

युरोपको नेशनल हेल्थ मिशनले यस्तो लक्षण देखा पर्ने बच्चाहरुलाई तुरुन्त अस्पताल लगेर उपचार गर्न सुझाव दिएको छ।


प्रतिक्रिया दिनुहोस्