रसियामा गत २४ घण्टामा ७ हजार ९३३ जनामा कोरोना संक्रमण

प्रकाशित मिति : १९ बैशाख २०७७, शुक्रबार  ९ : ५१


सिन्हवा । रसियामा गत २४ घण्टामा  ७ हजार ९३३ जना कोरोना भाइरस सक्रमितहरु थपिएका छन्।  

यससँगै  शुक्रबारसम्म रसिया कुल संक्रमितको संख्या १ लाख १४ हजार ४३१ पुगेको देशको कोरोना भाइरस परिक्षण केन्द्रले जानकारी दिएको छ। रसियामा कोरोना भाइरसको संक्रमणको कारण १ हजार १६९ को मृत्यु भएको छ। 

प्रधानमन्त्री मिखाइल मिशस्तिनलाई पनि कोरोना संक्रमण भएको छ।

कोरोना भेटिएका उनीअस्थायी रूपमा प्रधानमन्त्रीको पदबाट बाहिरिएका छन्।

उनले बिहीबार राष्ट्रपति भ्लादिमीर पुटिनलाई आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका थिए।

 विश्वभरी ३३ लाख भन्दा बढी कोरोना भाइरस संक्रमित भएका छन् भने २ लाख ३४ हजार भन्दाको मृत्यु भएको छ।


प्रतिक्रिया दिनुहोस्