काठमाडौं । कोरोना भाइरस रोकथामका लागि अहिले धेरै देशहरुले लकडाउनको आदेश जारी गरेका छन्।
लकडाउनका कारण उद्योग धन्दा बन्द छन् भने हजारौं मानिस बेरोजगार बनेका छन्।
मजदुरबर्गले आयस्रोत सबै गुमाएपछि धेरेको विचल्ली भएको छ।
यसैबीच, पाकिस्तान सरकारले लकडाउन जारी रहेका क्षेत्रमा मानिसहरुलाई सामाजिक दुरी कायम राख्दै रोजगारी दिएको छ।
पाकिस्तानभर लाखौं बोटविरुवा रोप्ने उदेश्य सहित इमरान खान नेतृत्वको सरकारले यस्तो योजना ल्याएको हो।
अहिले धेरै मानिसहरुले रोजगारी पाएका छन् भने वातावरणीय रुपमा देश धनि बन्ने अपेक्षा गरिएको छ।
बोटविरुवा रोप्ने कामदारलाई दैनिक ५ सय ज्यालादारी दिने गरि रोजगारीको व्यवस्था गरिएको हो।
ایک تیر سے دو شکار:
شجرکاری کیساتھ لوگوں کیلئے وسیلئہ روزگار کا بھی اہتمام۔
pic.twitter.com/ZrYs6ZarO3— Imran Khan (@ImranKhanPTI) May 1, 2020