उत्तर कोरियाली मूलका सांसद भन्छन्, ”किम जोङ उनको मृत्यु भइसक्यो, ९९% पक्का हो”

प्रकाशित मिति : १९ बैशाख २०७७, शुक्रबार  ८ : २२


सिओल । दक्षिण कोरियामा निर्वाचित एक सांसदले उत्तर कोरियाली नेता किम जोङ उनको मृत्यु भइसकेको बारे आफू ''९९ प्रतिशत ढुक्क'' रहेको दाबी गरेका छन्।

नेता किम जोन उनको स्वास्थ्यबारे विगत ३ हप्तादेखि रहस्यमय खबरहरू बाहिरिरहेका बेला उत्तर कोरियाली मूलका यी व्यक्तिको यस्तो दाबी बाहिरिएको छ।

किमको स्वास्थ्यको शल्यक्रिया पछि मृत्यु भएकोमा आफू ''९९ प्रतिशत पक्का'' रहको यी भगौडा सांसदको दाबी छ।

यही अप्रिल १५ मा सम्पन्न चुनावमा समानुपातिक सांसद बनेका जी सियोंग होले किमको मृत्युको भएको दाबी गरेका हुन।

र उत्तर कोरियाले केही दिनमै महत्वपूर्ण घोषणा गर्न सक्ने उनले बताएका छन्।

विगत ३ हप्तादेखि सार्वजनिक रुपमा देखा नपरेका किमको स्वास्थ्य बारे अपुष्ट विभिन्न खबरहरू सार्वजनिक भएका छन्।

कतिपय रिपोर्टमा किम शल्यक्रिया पछि 'गम्भीर खतरा'मा रहेको बताइएको छ भने केही रिपोर्टमा कोरोना भाइरस महामारीबाट छल्नको लागितटवर्ती रिसोर्टमा उनी बस्दै आएको जनाइएको छ।

विभिन्न अनुमानका बीच शुक्रबार उत्तर कोरियाबाट भागेर दक्षिणमा बस्दै आएका यी व्यक्तिको यस्तो दाबी आएको कोरियाली समाचार संस्था योन्हापले उल्लेख गरेको छ।

जीले योन्हाप समाचार एजेन्सीलाई भनेका छन्,''मुटुको शल्यक्रियापछि उनी कति लामो समय बाच्न सक्छन् मलाई आश्चर्य छ। मेरो जानकारीमा किमको गत साताको अन्त्यमा मृत्यु भइसकेको छ''

उनले अगाडि भने, ''यो १०० प्रतिशत निश्चित भने होइन, तर म भन्न सक्छु सम्भावना ९९ प्रतिशत छ। उत्तर कोरिया अहिले एक जटिल उत्तराधिकारीको मुद्दामा झुन्डिरहेको छू।''

जीले किमपछि उनकी बहिनी किम यो जोङ उत्तरको नेता हुन सक्ने धेरै विज्ञहरूको अनुमान रहेको बताए।

जीले आफूले उक्त जानकारी कहाँबाट पाए भन्नेबारे स्रोत खुलाउन भने चाहेनन्।

सकारण उनको दाबीप्रति स्वभाविक प्रश्न उठ्न सक्छ। तर, गत अप्रिल १२ बाट सार्वजनिक कार्यक्रममा नदेखिएका किमबारे उत्तर कोरिया राष्ट्रिय सञ्चार माध्यम अहिलेसम्म केही बोलेका छैनन्।

मृत्युको खबर फैलिएपछि केहि दिनअघि दक्षिण कोरियाली राष्ट्रपति कार्यालयले किमको स्वास्थ्यको सम्बन्धमा उत्तर कोरियामा कुनै 'असामान्य संकेत' नदेखिएको जनाएको थियो।

मृत्युको हल्लाबीच चिनियाँ टेलिभिजन सिजिटिएनले भने किमको कार्यालयका तर्फबाट शुक्रबार मजदुर दिवसको उपलक्ष्यमा शुभकामना सन्देश जारी भएको जनाएको छ।

यो पनि पढ्नुहोस

मृत्यु भइसकेको हल्लाबीच किम जोंग उनको रेल यस्तो अवस्थामा भेटियो

किम जोंग उनलाई केही भैहाले बहिनीले सम्हाल्नेछिन् उत्तरको शासनसत्ता
 


प्रतिक्रिया दिनुहोस्