नेकपा अध्यक्ष दाहाल र चिनियाँ राजदूतबीच भेटघाट

प्रकाशित मिति : १९ बैशाख २०७७, शुक्रबार  ७ : ४३


काठमाडौं । सत्तारढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र  नेपालस्थित चिनियाँ राजदूत हाउ याङछीबीच भेटघाट भएको छ।

शुक्रबार बिहान दाहाल निवास खुमलटारमा छलफल भएको बताइएको छ।

भेटघाटमा के  छलफल भयो भन्ने विवरण खुलाइएको छैन।

नेकपाभित्रको विवाद चुलिएका बेला भएको यो भेटलाई महत्वका साथ हेरिएको छ।


प्रतिक्रिया दिनुहोस्