रोल्पा घटनाबारे सरकारको ध्यानाकर्षण, दोषीमाथि कारवाही हुने

प्रकाशित मिति : १९ बैशाख २०७७, शुक्रबार  ६ : ३५


काठमाडौं । रोल्पामा ४ बालिकाको बम विस्फोटमा मृत्यु भएको घटनाप्रति ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले सरकारसँग छानबिनको माग गरेका छन्।

मन्त्री पुनले शोक वक्तव्य जारी गर्दै घटनाबारे छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन र दोषीमाथि आवश्यक कारबाही गर्न स्थानीय प्रशासनसँग समन्वय भइरहेको जानकारी दिएका छन्।

यस्तै, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले पनि फेसबुकमा एक स्टाटस लेख्दै बालबालिकाको अनाहकमा ज्यान गएको घटनाप्रति घोर निन्दा र भर्त्सना गरेका छन् । 

उनले घटनाको सत्यतथ्य तत्काल बाहिर ल्याई निहत्था बालबालिकाको ज्यान लिने घोर निन्दनीय कार्यमा संलग्न जो कोहीलाई पक्राउ गरी कडाभन्दा कडा कारबाही गर्न नेपाल सरकारले कुनै कमी हुन नदिने प्रतिवद्धता व्यक्त गरेका छन् । 

बिहीबार रोल्पामा बम विस्फोटमा परेर चार बालबालिकाको मृत्यु भएको थियो। 


प्रतिक्रिया दिनुहोस्