कपिलवस्तुमा गोली चल्याे

प्रकाशित मिति : १९ बैशाख २०७७, शुक्रबार  ३ : ११


काठमाडाैं । कपिलवस्तुमा गाेलि चलेकाे छ । कपिलवस्तुको यशोधरा गाँउपालिका– ८ का वडा अध्यक्ष सहाबुद्दिन मुसलमान माथि बिहीबार राति १ बजे गोली प्रहार भएको हाे । खोरिया गाँउमा आफ्नै घरमा सुतेका वडा अध्यक्ष मुसलमान माथि चार राउण्ड गोली प्रहार भएको प्रहरीले जनाएकाे छ ।

दुई जना अज्ञात व्यक्तिले उनी माथि गोली हाने पनि उनलाई नलागेको प्रहरीले जनाएको छ । घटनामा संलग्न रहेको आशंकामा एक व्यक्तिलाई नियन्त्रणमा लिई अनुसन्धान अगाडी बढाएको प्रहरीले जनाएकाे छ ।


प्रतिक्रिया दिनुहोस्