आज दिनभर वर्षाको सम्भावना

प्रकाशित मिति : १९ बैशाख २०७७, शुक्रबार  २ : १७


काठमाडौं । आज देशको पश्चिमी भू–भागमा मौसममा पूर्ण बदली तथा मध्य र पूर्वी भू-भागमा सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केही स्थानहरुमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

आज दिउँसो देशको पश्चिमी भू–भागमा पूर्ण बदली तथा मध्य तथा पूर्वी भू–भागमा सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग/असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

त्यस्तै राती देशको पश्चिमी पहाडी भू–भाग तथा मध्य र पुर्वी भु–भागमा सामान्य बदली र अन्य भू–भागमा आंशिक बदली रही पश्चिमी पहाडी भू–भागका थोरै स्थानहरुमा र मध्य र पुर्वी भु–भागका केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग/असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ।

देशका केहि स्थानहरुमा मेघगर्जन/चट्याङ्ग/असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।


प्रतिक्रिया दिनुहोस्