बहराइनमा थप ३१ नेपालीमा कोरोना, संक्रमितको संख्या १५७ पुग्यो

प्रकाशित मिति : १९ बैशाख २०७७, शुक्रबार  २ : ००


काठमाडौं । बहराइनमा थप ३१ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ । योसँगै संक्रमितको संख्या १ सय ५७ जना पुगेको छ । यसअघि १२६ जना नेपालीमा कोरोना संक्रमण देखिएको थियो ।

बहराइन सरकारले सबै नेपालीको आफ्नो नागरिक सरह नै उपचार गरिरहेको र संक्रमितको अवस्था सामान्य रहेको नेपाली दूतावास बहराइनले जनाएको छ। यस्तै कोरोनाका कारण समस्यामा पर्ने नेपालीको एकीकृत विवरण लिने र समस्या समाधानका लागि सहजीकरण गर्न समस्यामा परेका नेपालीको विवरण सङ्कलन गर्न लागिएको दूतावासले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्